कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २९ अर्ब ५० करोड लगानी जुट्यो
जलसरोकार
काठमाडौं: १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाका लागि २९ अर्ब ५० करोड रुपौँयाको लगानी जुटेको छ । लक्ष्मी सनराइज बैंक र सह–वित्तीय साझेदार बैंकहरुबीच उक्त लगानीका लागि सम्झौता भएको छ ।
कूल रु ३९ अर्ब ५० करोडको लागतमा निर्माण हुने उक्त आयोजनाले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरेको छ ।
कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाले विद्युत् विकास विभागबाट २०७५ चैत १० गते विद्युत् उत्पादनको अनुमति पाएको थियो । प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणसँग २०७६ चैत १५ गते विद्युत् खरिद सम्झौता समेत गरिसकेको छ । कम्पनीको मुख्य प्रवद्र्धकसंघ ग्रुप, विशाल ग्रुप र ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।
लक्ष्मी सनराइज बैंकको अगुवाइमा आयोजना निर्माणका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरूले आयोजनाको लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५ प्रतिशत लगानी कम्पनीका प्रवद्र्धक र सर्वसाधारणले गर्नेछन् ।
लक्ष्मी सनराइज बैंकको परियोजना वित्त (सावधिक कर्जा) प्रतिबद्धता ९ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकको ७ अर्ब १३ करोड रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ प्रतिबद्धता रहेको छ । हिमालयन बैंकको रु तीन अर्ब, नेपाल एसबिआई बैंकको रु तीन अर्ब र एभरेष्ट बैंकको रु दुई अर्ब ५० करोड गरी कूल रु २९ अर्ब ६२ करोड बराबरको आयोजना कर्जा प्रवाह भएको छ ।
आयोजना सम्पन्न भई सन् २०२९ को जुनसम्ममा विद्युत् उत्पादन भएपछि वार्षिक करिब एक हजार ५६ गिगावाट घण्टा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ र यो सबैभन्दा ठूलो स्वतन्त्र पावरहाउसमध्येको एक हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ