बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा
जलसरोकार
बागलुङ : चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारमार्फत बागलुङ जिल्लामा ९९ वटा सिँचाइ आयोजना सञ्चालनमा रहेका छन्। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत ती आयोजना कार्यान्वयनमा आएका हुन् । प्रदेश सरकारले विनियोजन गरेको रु १५ करोडभन्दा बढी लागतमा सिँचाइ आयोजनाहरूको काम अघि बढाइएको छ।
डिभिजन कार्यालयका सूचना अधिकारी सुवोध नेपालका अनुसार यस वर्ष जिल्लामा १४ वटा तटबन्धसहित ११३ आयोजना रहेका छन्। तीमध्ये ६० वटा आयोजना उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेका छन् भने १६ वटा आयोजना ठेक्कामार्फत कार्यान्वयन भइरहेका छन्। साथै ११ वटा आयोजना ठेक्का लगाउने प्रक्रियामा रहेका छन् भने बाँकी आयोजना सम्झौताको चरणमा छन्।
नेपालका अनुसार यस वर्षका अधिकांश आयोजना कार्यान्वयनमा गइसकेका छन् र केही आयोजना सम्पन्नसमेत भइसकेका छन्। धेरैजसो आयोजनाको काम असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने भएकाले अहिले निर्माण कार्य तीव्र रूपमा भइरहेको छ।
डिभिजन कार्यालयका अनुसार जिल्लामा रहेको कुल खेतीयोग्य जमिनमध्ये करिब २० प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ। जिल्लामा कुल एक लाख ७८ हजार ४०० हेक्टर जमिन रहेकोमा ४६ हजार १४८ हेक्टर जमिन खेतीयोग्य रहेको छ। हाल ३० हजार ५६४ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ।
हालसम्म जिल्लाको छ हजार ९१३ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल दुई हजार ८१५ हेक्टर रहेको सूचना अधिकारी नेपालले जानकारी दिए ।
भौगोलिक हिसाबले जिल्लाका केही क्षेत्र समथर भए पनि अधिकांश भूभाग भिरालो रहेकाले धेरै स्थानमा अझै प्रभावकारी सिँचाइ सुविधा पुगेको छैन। अगुवा किसान प्रेमप्रसाद कँडेलका अनुसार सिँचाइको अभावका कारण कृषिउत्पादन अपेक्षित रूपमा बढ्न सकेको छैन। जिल्लाको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै प्रभावकारी सिँचाइ सुविधा विस्तार गर्न आवश्यक रहेको उनले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार