४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी
जलसरोकार
काठमाडौं–सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ। ३ बैंकबाट लगानी जुटेसँगै ४१.३१४ मेगावाटको उक्त आयोजना अघि बढ्ने देखिएको हो। सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक र संस्थापकहरुको लगानी रहनेछ। परियोजनामा लक्ष्मी सन्राइज बैंकको कर्जा प्रतिबद्धता ३।४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २।५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ।
ललितपुर र मकवानपुरस्थित बागमती नदीमा निर्माण गर्ने सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्न बैंकहरूसँग सम्झौता भएको छ । सो आयोजनाको कुल लागत ९.२८ अर्ब छ।
यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने सुपर बागमती हाइड्रोपावर लिमिटेडले जनाएको छ।
सुपर बागमती हाइड्रोपावरले ०७८ माघ १२ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो। २०८० असार २५ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता समेत गरिसकेको छ।
सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र ए.एन.के कन्स्ट्रक्सन छन् । सो आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र ऊर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह