याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि खुल्ने, सर्वसाधारणलाई १७.४३ लाख कित्ता प्रस्ताव
जलसरोकार
काठमाडौँ : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीलाई कुल जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो। जसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता विदेशमा रहेका नेपालीहरूका लागि वितरण भइसकेको छ। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर छुट्याएर बाँडफाँट गरिएको छ।
अब कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म आवेदन खुला रहनेछ।
आईपीओका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रति मेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको जनाइएको छ। आयोजनाको विद्युत् उत्पादन अनुमति अवधि अझै २५ वर्ष ६ महिना बाँकी छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष र डिस्काउन्ट गरिएको आधारमा १९.८७ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर मार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?