याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणलाई १७.४३ लाख कित्ता शेयर
जलसरोकार
काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । यसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दाका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट भइसकेको छ । साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता शेयर समेत छुट्याएर वितरण गरिसकिएको छ ।
अब कम्पनीले बाँकी १७ लाख ४३ हजार कित्ता साधारण शेयर (१७ करोड ४३ लाख रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरेको हो । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म आवेदन खुला रहने जनाइएको छ ।
कम्पनीले आईपीओ निष्काशनअघि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
याम्बालिङ्ग हाइड्रोपावरले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ६ महिना बाँकी रहेको कम्पनीले जनाएको छ । साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत ‘सि-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो