याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप
जलसरोकार
सिन्धुपाल्चोक : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि २०८३ बैशाख ७ गतेसम्म लम्बाएको छ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमा प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ। आवेदन दिन सक्ने स्थानिय बासिन्दा सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १–७ का बासिन्दा हुन।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७ हजार कित्ता आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।
केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिममा रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २५ करोड रुपैयाँ आसपास छ। विद्युत अनुमतिपत्र २५ वर्ष ६ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीले आवेदनका लागि स्थानिय बासिन्दालाई सिन्धु विकास बैंक र कुमारी बैंक, जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंक चौतारा शाखा मार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको छ। साथै, इच्छुकले आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो