याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ७४ हजार बढी आवेदकले पाए शेयर
जलसरोकार
काठमाडाैं : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ आज बैशाख ३० गते बुधबार बाँडफाँट गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ लाख ४३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। कुल १७ करोड ४३ लाख रुपैयाँ बराबरको उक्त आईपीओमा २९ लाख ८२ हजार ४९८ जनाबाट आवेदन परेको थियो।
आवेदकमध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।
मागभन्दा धेरै आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुने जनाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य