याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ७४ हजारभन्दा बढी आवेदकलाई शेयर
जलसरोकार
काठमाडौं : याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । यसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बाँडफाँट गरिसकिएको थियो ।
बाँकी २१ लाख कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।
यी सबै छुट्याइएको हिस्सा बाँडफाँटपछि बाँकी रहेको १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सार्वजनिक निष्कासन अवधिभर प्राप्त आवेदनमध्ये योग्य ठहरिएका १ लाख ७४ हजार ३०० जना आवेदकलाई गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो । बाँडफाँट धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम गरिएको कम्पनीले जनाएको छ ।
आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो । कम्पनीले बाँडफाँटमा परेको शेयरको विवरण बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको आईपीओ रिजल्ट पोर्टलमार्फत हेर्न सकिने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य