याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
जलसरोकार
काठमाडौँः याम्बालिङ हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको साधारण शेयर (आईपीओ) बाँडफाँड गरेकाे छ ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने योजना अनुसार प्रक्रिया अघि बढाएको हो। यसमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो।
उक्त शेयरमा परेको आवेदनको जाँच तथा बाँडफाँड कार्य २०८२ चैत १८ गते सम्पन्न भएको कम्पनीले जनाएको छ। आवेदनमध्ये मागभन्दा बढी परेपछि बाँडफाँड प्रणालीमार्फत योग्य आवेदकलाई १०–१० कित्ता शेयर वितरण गरिएको छ।
बाँडफाँडको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को आईपीओ रिजल्ट वेबसाइट, मेरो सेयर तथा निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले आवेदन दिने सम्पूर्ण लगानीकर्तालाई धन्यवाद दिँदै आगामी दिनमा पनि कम्पनीप्रति विश्वास र सहयोग कायम रहने अपेक्षा व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य