याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार ३०० रुपैयाँमा, नियमित बजारमा प्रवेश
जलसरोकार
काठमाडौं : सोमबार स्पेशल प्रि–ओपन सेसनमा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयरको पहिलो कारोबार भएको छ। दुवै कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।
यी दुवै कम्पनीको शेयर असार ५ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। सूचीकृत भएपछि सोमबार स्पेशल प्रि–ओपन सेसनमार्फत पहिलो कारोबार सम्पन्न भएको हो। अब यी कम्पनीहरूको शेयर नियमित बजार सत्रमा पनि कारोबार गर्न सकिनेछ।
याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणलाई वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरूको ४२ लाख कित्ता गरी कुल ७० लाख कित्ता शेयर सूचीकृत गरेको हो।
त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणलाई वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक शेयरधनीहरूको ७७ लाख ६९ हजार ३३२ कित्ता गरी कुल १ करोड २० लाख कित्ता शेयर सूचीकृत गरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारका लागि यी कम्पनीहरूलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जअनुसार सोमबार स्पेशल प्रि–ओपन सेसनमा प्रारम्भिक कारोबार सम्पन्न भएको हो।
याम्बालिङ्ग हाइड्रोपावरको शेयर ‘YMHL’ टिकरमा कारोबार भएको छ भने टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर ‘TPKHL’ टिकरमा कारोबार भएको छ। अब यी कम्पनीहरू नियमित कारोबार सत्रमा प्रवेश गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना