माथिल्लो अरूण जलविद्युतमा थप लगानी जुटाई टुंगोमा पुर्याउन विश्व बैंकका प्रतिनिधिलाई आग्रह
जलसरोकार
काठमाडौं,: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले माथिल्लो अरूण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका छन्।
मन्त्री खड्काले अपर अरूण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुंगोमा पुर्याउनुपर्ने बताए ।
माथिल्लो अरूण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युत मन्त्रीसँग समेत छलफल गरेका थिए।
भेटमा विश्व बैंकका प्रतिनिधिले मााथिल्लो अरूण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?