माथिल्लो अरूण जलविद्युतमा थप लगानी जुटाई टुंगोमा पुर्याउन विश्व बैंकका प्रतिनिधिलाई आग्रह
जलसरोकार
काठमाडौं,: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले माथिल्लो अरूण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका छन्।
मन्त्री खड्काले अपर अरूण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुंगोमा पुर्याउनुपर्ने बताए ।
माथिल्लो अरूण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युत मन्त्रीसँग समेत छलफल गरेका थिए।
भेटमा विश्व बैंकका प्रतिनिधिले मााथिल्लो अरूण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स