“जति कामप्रति चासो राख्यो, पहलकदमी लियो, त्यति नै चाँडो काम हुने हो, मुलुक निर्माणका लागि दत्तचित्त भएर लाग्नुहोस्, आफू मातहतका कर्मचारी बिदामा बस्दा माथिल्लो तहलाई जानकारी हुनुपर्छ”, मन्त्री खड्काले भने, । राज्यले ठूलो लगानी गरेर उत्पादन गरेका कर्मचारी बिदामा बस्दा वा काममा ढिलाइ गर्दा राज्यलाई ठूलो नोक्सानी हुने उनले बताए ।
मन्त्री खड्काले अन्तरनिकायबीच आपसमा समन्वय नहुँदा लापर्वाही हुने गरेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । “जति दिन रहने हो, त्यति दिन इमान्दार भएर काम गर्नुपर्छ”, उनले भने, ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले लिएको लक्ष्य पूरा गर्न कर्मचारीको ठूलो भूमिका रहेको बताए । उनले स्रोत सुनिश्चित भइसकेका आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिए ।
छलफलमा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले सिंहदरबारभित्र चार्जिङ स्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई समन्वय गर्न निर्देशन दिए । उनले बैठकमा भएका निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
मन्त्रालयका सिँचाइ सचिव सरिता दवाडीले मन्त्रालयले ६ महिना गरेको कार्यप्रगति सन्तोषजनक नभएको बताईन् । उनले खर्च हुन नसकेको बजेटलाई खर्च हुने ठाउँमा स्थानान्तरण गरेर काम गर्नुपर्ने बताईन् ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले अहिलेको अवस्थामा काममा खुसी हुनुपर्ने ठाउँ नभएको बताए । उनले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गरे ।
छलफलमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतले ६ महिनामा भएको भौतिक तथा वित्तीय प्रगतिको जानकारी गराएका थिए ।
‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐन सरकारको प्राथमिकतामा’
कालीगण्डकी नदी संरक्षणका लागि पाँचबुँदे घोषणापत्र जारी
४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सक्ने लक्ष्य
सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ
भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित आठ दल
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व