मौद्रिक नीतिको समीक्षा: खर्च ३६४ अर्ब, राजस्व २४९ अर्ब; ऋण परिचालन १०६ अर्ब
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै संघीय सरकारको खर्च, राजस्व परिचालन तथा ऋण व्यवस्थापनसम्बन्धी प्रारम्भिक सूचकहरू प्रस्तुत गरेको छ। समीक्षा अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्याङ्कका आधारमा तयार गरिएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संघीय सरकारको कुल खर्च १०.८ प्रतिशतले वृद्धि भएको छ। पहिलो तीन महिनामा कुल खर्च रु. ३६४ अर्ब ५९ करोड पुगेको छ।
यस मध्ये चालु खर्च : रु. २५६ अर्ब ८१ करोड, पुँजीगत खर्च : रु. १९ अर्ब १८ करोड र वित्तीय व्यवस्था खर्च : रु. ८८ अर्ब ६० करोड पुगेको छ ।
समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन ०.३ प्रतिशतले मात्र वृद्धि भई रु. २४९ अर्ब ५ करोड पुगेको छ। राजस्व वृद्धि अत्यन्त न्यून रहनु सरकारको वित्तीय सन्तुलनका लागि चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको छ।
राजस्व परिचालन सुस्त भएपछि सरकारले आन्तरिक तथा बाह्य ऋणतर्फ पनि निर्भरता बढाएको देखिन्छ। पहिलो त्रैमासमा सरकारले रु. ९० अर्ब आन्तरिक ऋण, रु. १६ अर्ब ३३ करोड बाह्य ऋण जोडी कुल रु. १०६ अर्ब ५५ करोड ऋण परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यी सबै सूचक (राजस्व परिचालन, खर्चको संरचना, ऋण निर्भरता, र समग्र वित्तीय तथा आर्थिक परिवेश) लाई आधार मानेर आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा तयार गरिएको हो। समीक्षा प्रतिवेदनले आन्तरिक तथा बाह्य आर्थिक अवस्थाको मूल्यांकन गर्दै मौद्रिक नीतिका कार्यान्वयन पक्ष, वित्तीय स्थायित्व र समष्टिगत आर्थिक परिदृश्यबारे अद्यावधिक तथ्य प्रस्तुत गरेको छ।
राष्ट्र बैंकले त्रैमासिक समीक्षाले आगामी अवधिमा मौद्रिक संचालन, तरलता व्यवस्थापन, ऋण प्रवाह तथा समग्र वित्तीय जोखिम व्यवस्थापनका लागि आवश्यक मार्गचित्र निर्धारण गर्ने विश्वास व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु