सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

२०८२ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १२.२ प्रतिशतले वृद्धि

जलसरोकार
सोमबार, मंसिर १५, २०८२ | १५:१५:३५ बजे

काठमाडौं : चालू आर्थिक वर्षको असोज मसान्तसम्म देशको विस्तृत मुद्राप्रदाय (Broad Money) वार्षिक विन्दुगत आधारमा १२.२ प्रतिशतले वृद्धि भएको छ। 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको त्रयमासकाे समीक्षा प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि दर १३.३ प्रतिशत रहेको थियो।

चलनचल्तीको नगद, विभिन्न निक्षेप, बचत खाताका शिलबन्द कोष तथा अन्य तरल सम्पत्तिहरू समेटेर गणना गरिने विस्तृत मुद्राप्रदाय अघिल्लो वर्षको तुलनामा केही सुस्त गतिमा बढेको हो। वृद्धि दरमा आएको यो कमीले कर्जा विस्तारमा देखिएको सुस्तता तथा आर्थिक गतिविधिको मध्यम गतिलाई संकेत गर्ने विश्लेषकहरूको भनाइ छ।

यो परिवर्तनले अर्थतन्त्रभित्र रहेका तरल स्रोत— जस्तै चलनचल्तीको पैसा, बचत तथा सावधि निक्षेप, र अन्य निक्षेपीय दायित्वहरूमा अपेक्षाकृत मन्द वृद्धि भएको संकेत दिन्छ। मुद्रा प्रदायको वृद्धि दर कम हुनु प्रायः दुई कारणले व्याख्या गरिन्छ : पहिलो,  कर्जा प्रवाह सुस्त हुनु, जसले तरलता विस्तारलाई सीमित गर्छ, र दोस्रो  निक्षेप वृद्धिमा गति घट्नु, जसले बैंकहरूको मौद्रिक सिर्जन क्षमतााई सीमित बनाउँछ।
यद्यपि, कम वृद्धि दरले मुद्रास्फीति नियन्त्रणका दृष्टिकोणले सकारात्मक प्रभाव पार्न सक्छ, किनकि अर्थतन्त्रमा पैसाको आपूर्ति अत्यधिक रूपमा बढेको छैन।

प्रकाशित मिति : सोमबार, मंसिर १५, २०८२ | १५:१५:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया