नेपाल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषलाई १ करोड ५० लाख सहयोग
जलसरोकार
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। उक्त रकम सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको हो।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री खनालले नेपाल लाइफले देखाएको सामाजिक जिम्मेवारीप्रति धन्यवाद व्यक्त गरेका छन्। यसअघिका सहयोग रकमसहित पुनर्निर्माण कोषमा मंसिर १५ गतेसम्म जम्मा पुगेको रकम ११ करोड ८२ लाख रुपैयाँ भएको मन्त्रालयले जनाएको छ।
सहसचिव तथा मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेका अनुसार क्षति न्यूनीकरण र पुनर्निर्माणका कार्यलाई द्रुतगतिमा अघि बढाउन कोष उपयोग गरिने छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु