सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषलाई १ करोड ५० लाख सहयोग

जलसरोकार
सोमबार, मंसिर १५, २०८२ | १७:१८:१५ बजे

काठमाडौं :  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। उक्त रकम सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको हो।

सहयोग ग्रहण गर्दै अर्थमन्त्री खनालले नेपाल लाइफले देखाएको सामाजिक जिम्मेवारीप्रति धन्यवाद व्यक्त गरेका छन्। यसअघिका सहयोग रकमसहित पुनर्निर्माण कोषमा मंसिर १५ गतेसम्म जम्मा पुगेको रकम ११ करोड ८२ लाख रुपैयाँ भएको मन्त्रालयले जनाएको छ।

सहसचिव तथा मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेका अनुसार क्षति न्यूनीकरण र पुनर्निर्माणका कार्यलाई द्रुतगतिमा अघि बढाउन कोष उपयोग गरिने छ।

प्रकाशित मिति : सोमबार, मंसिर १५, २०८२ | १७:१८:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया