सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । दुई दिनको कारोबार मूल्य तुलना गर्दा सुनको भाउमा प्रतितोला दुई हजार ९०० रुपैयाँको गिरावट आएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ । चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको हो ।
आइतबार सुन र चाँदी दुवैको मूल्य घटेपछि बहुमूल्य धातुको बजारमा गिरावट देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा पहिरो कायमै, २० अंकले घटेर २५६६ विन्दुमा झर्यो
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ
-
तनहुँ जलविद्युत्काे २२० केभी प्रसारण लाइन निर्माण ८२ प्रतिशत पूरा
-
पश्चिमी वायुको प्रभाव बढ्दा देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन