विद्युतीय सवारीको बढ्दो प्रयोग एवं भान्सामा विद्युतको खपतले पेट्रोलियम पदार्थको खपतमा कमी
जलसरोकार
काठमाडौं–नेपालमा पेट्रोलियम पदार्थको खपत घटेको छ । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको नेपाल आयल निगमको तथ्यांकले देखाएको हो । बढ्दो विद्युतीय सवारी र भान्सामा समेत विद्युतीय साधनको प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको प्रयोगमा कमी आएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा डिजेल ४ प्रतिशत, मट्टितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५ दशमलव ३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १ दशमलव ६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्यांक छ ।
विद्युतीय सवारीको प्रयोगसँगै विकास निर्माणको काम सुस्तहुँदा डिजेलको खपतमा कमी आएको निगमको निष्कर्ष छ। यसैगरी पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगले गर्दा पनि ग्यासको खपत घट्दै गएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालू आवको ९ महिनामा २ खर्ब १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आवको सोही अवधिमा २ खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
आन्तरिक बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको हो। विभागका अनुसार नौ महिनामा एक खर्ब तीन अर्ब रुपैयाँको डिजेल, ५० अर्ब २५ करोडको पेट्रोल,४१ अर्बको एलपी ग्यास र १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना