सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हिउँदे आगन्तुक जलपक्षी गणना हुने

जलसरोकार
सोमबार, पुस २१, २०८२ | १४:१६:५७ बजे

 

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पुस २४ र २५ गते हिउँदे आगन्तुक जलपक्षी गणना हुने भएको छ । नेपालमा प्रत्येक वर्ष जनवरी ३ देखि १८ सम्म जलपक्षी गणना गर्ने परम्परा छ । यस वर्ष चितवन र नवलपरासीको त्रिवेणी क्षेत्रसमेत एकसाथ गणना गरिनेछ ।

गणनाका लागि ७० पक्षीविज्ञ सहभागी हुनेछन्। लोथर खोलाबाट सुरु भएर राप्ती र नारायणी नदी, माडीका ताल–पोखरी, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, र बूढी राप्तीको चित्रसारी पुलसम्म जलपक्षी गणना हुनेछ ।

देशभर यसै समयमा जलपक्षी गणना भइरहेका छन् । ‘बर्ड एजुकेसन सोसाइटी, नेपाल’, पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, र मध्यवर्ती सामुदायिक वन को सहकार्यमा गणना गरिनेछ ।

गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए। नेपालमा हालसम्म ९०४ प्रजातिका, र चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । अधिकांश जलपक्षीहरू चीन, मङ्गोलिया, साइबेरिया, र मध्य एसियाबाट चिसो मौसम छल्न नेपाल आउने गर्छन् ।

प्रकाशित मिति : सोमबार, पुस २१, २०८२ | १४:१६:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया