हिउँदे आगन्तुक जलपक्षी गणना हुने
जलसरोकार
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पुस २४ र २५ गते हिउँदे आगन्तुक जलपक्षी गणना हुने भएको छ । नेपालमा प्रत्येक वर्ष जनवरी ३ देखि १८ सम्म जलपक्षी गणना गर्ने परम्परा छ । यस वर्ष चितवन र नवलपरासीको त्रिवेणी क्षेत्रसमेत एकसाथ गणना गरिनेछ ।
गणनाका लागि ७० पक्षीविज्ञ सहभागी हुनेछन्। लोथर खोलाबाट सुरु भएर राप्ती र नारायणी नदी, माडीका ताल–पोखरी, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, र बूढी राप्तीको चित्रसारी पुलसम्म जलपक्षी गणना हुनेछ ।
देशभर यसै समयमा जलपक्षी गणना भइरहेका छन् । ‘बर्ड एजुकेसन सोसाइटी, नेपाल’, पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, र मध्यवर्ती सामुदायिक वन को सहकार्यमा गणना गरिनेछ ।
गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए। नेपालमा हालसम्म ९०४ प्रजातिका, र चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । अधिकांश जलपक्षीहरू चीन, मङ्गोलिया, साइबेरिया, र मध्य एसियाबाट चिसो मौसम छल्न नेपाल आउने गर्छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता