देशभर साधारण बदली, चारवटा प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि यस्तै मौसम रहन सक्ने जनाइएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी तराई भू-भागका केही स्थानहरूमा पनि वर्षा हुन सक्नेछ।
बागमती प्रदेशको पहाडी भू-भागमा भने एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैले सम्भावित बाढी, पहिरो तथा जलमग्नताबाट सतर्क रहन अनुरोध गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स