किन भयो कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा, अध्ययन सुरु
जलसरोकार
कञ्चनपुर – जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ ।
वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए÷नभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रको अध्ययन गरेको मौसमविद् डा. कँडेलले जानकारी दिइन् ।
यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन् । “असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा छ सय २४ मिलीमिटर अर्थात अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र भनेर त्यसमा सरोकारवालाले चासो देखाए । त्यसपछि थप अध्ययनका लागि स्थलगत अध्ययनका लागि आएका हौँ”, ” वरिष्ठ मौसमविद् कँडेलले भनिन् । दोधारास्थित वर्षा मापन केन्द्रका उपकरणको जाँच गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने उनको भनाइ छ ।
टोलीले आज कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गर्ने कार्यक्रम छ ।
असार २३ र २४ गतेको वर्षाले नेपालमा हालसम्म भएको वर्षाको रेकर्ड तोडेको थियो । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा रेकर्ड भएको छ सय २४ मिलीमिटर वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै भएको कँडेलले बताइन् । असार २३–२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेशनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो । हनुमाननगरमा पाँच सय ७३ दशमलव छ र सुन्दरपुरमा पाँच सय ५६ दशमलव चार मिलीमिटर वर्षा मापन भएको थियो । उक्त टोलीमा विभागका वरिष्ठ मौसमविद् कँडेलसँगै मौसमविद् शान्ति कँडेल, सुदर्शन हुमागाईं, सञ्जय शाह र दीनानाथ भण्डारी सहभागी छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स