सुन मूल्य १४ सयले बढ्दा चाँदी कति बढ्याे ?
जलसरोकार
काठमाडौं – सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ७३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।
बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र आन्तरिक मागका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा क्रमिक वृद्धि देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ ले दैनिक रूपमा सार्वजनिक गर्ने मूल्यसूचीअनुसार पछिल्लो समय सुनचाँदी बजारमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना