नेप्सेमा साप्ताहिक गिरावट, सूचकांक १६७.९८ अंकले घट्दा कारोबार ६० अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से सूचकांक २७८२.१६ अंकमा बन्द हुँदै अघिल्लो साताको तुलनामा १६७.९८ अंक अर्थात् ५.६९ प्रतिशतले घटेको हो। अघिल्लो साता सूचकांक २,९५०.१६ अंकमा बन्द भएको थियो।
साताभर बजारमा उच्च उतार–चढाव देखिएको छ। यो साता नेप्से सूचकांक २,९५८.७९ अंकसम्म उक्लिएको थियो भने न्यूनतम २,७४०.२२ अंकसम्म झरेको थियो। यसरी साताभर सूचकांकमा २१८.५७ अंकको उतार–चढाव देखिएको छ, जुन अघिल्लो साताको ७८.८२ अंकको उतार–चढावभन्दा धेरै हो।
कारोबारका हिसाबले पनि बजार सक्रिय नै देखिएको छ। साताभर कुल ६० अर्ब ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। साताको सबैभन्दा ठूलो गिरावट बुधबार देखिएको थियो, जब सूचकांक ७४.७३ अंकले घट्दा १२ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यस्तै मंगलबार सूचकांक १९.७० अंकले बढ्दा ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यो साता बजारमा १४ करोड ६४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् भने सात लाख २० हजारभन्दा बढी कारोबारमार्फत सेयर लेनदेन भएको छ। हाल नेप्सेको कुल बजार पुँजीकरण करिब ४७ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।
प्राविधिक विश्लेषणतर्फ हेर्दा दैनिक चार्टमा आरएसआई सूचक ४६.८१ मा रहेको छ भने साप्ताहिक चार्टमा ५५.०९ मा रहेको छ, जसले बजार न अत्यधिक महँगो न अत्यधिक सस्तो अवस्थामा रहेको संकेत गर्छ। एमएसीडी सकारात्मक क्षेत्रमा भए पनि नेप्से सूचकांक ५ दिने र २० दिने एक्स्पोनेन्सियल मुभिङ एभरेजभन्दा तल रहेको छ, जसले अल्पकालीन रूपमा बजारमा घट्दो प्रवृत्ति देखाएको विश्लेषण गरिएको छ।
विश्लेषण अनुसार २,६५० अंकको आसपासको क्षेत्र बजारका लागि नजिकको समर्थन क्षेत्र बन्न सक्छ भने २,९६० अंकको क्षेत्र प्रमुख प्रतिरोधका रूपमा रहने देखिन्छ।
समग्रमा हेर्दा यो साता नेप्सेमा तीव्र गिरावट देखिए पनि कारोबार रकम उच्च रहेकाले बजारमा लगानीकर्ताको सक्रियता भने कायम रहेको देखिएको छ। बजारमा हाल नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा सूचकांकमा दबाब परेको विश्लेषकहरूको भनाइ छ। आगामी दिनमा बजारले २,६५० अंकको आसपासमा समर्थन खोज्दै केही समय ‘साइडवेज’ अर्थात् सीमित दायराभित्र उतार–चढाव हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य