बबई नदीमा जलसतहले खतराको तह पार गर्यो, बर्दिया–दाङ उच्च जोखिममा
जलसरोकार
काठमाडौं: देशभर मनसुन सक्रिय भइरहेका बेला बबई नदीको जलसतह खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बबई नदीको जलसतह ७.१ मिटर मापन गरिएको छ, जुन ६.८ मिटरको खतराको तहभन्दा माथि हो । बबई नदीमा ५.५ मिटरलाई चेतावनी तह र ६.८ मिटरलाई खतराको तह मानिन्छ ।
जलसतह खतराको सीमाभन्दा माथि पुगेपछि विशेषगरी बर्दिया र दाङ जिल्लामा बाढीको जोखिम अत्यधिक बढेको छ । विभागले उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।
विभागका अनुसार बबईसँगै महाकाली नदीको जलसतह पनि खतराको तहमा पुग्ने संकेत देखिएको छ । यसै सन्दर्भमा विभागले जिल्ला प्रशासन, स्थानीय तह र सर्वसाधारणलाई समयमै सूचना पठाएर सतर्क रहन आग्रह गरेको छ ।
आज काभ्रेपलाञ्चोक, मकवानपुर, बाँके, चितवन, कैलाली, कञ्चनपुरलगायत जिल्लामा बहने साना खोलाहरूको जलसतह तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीको जलसतह सतर्कता आसपास पुगेको छ भने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको जलसतह सतर्कता तहभन्दा तल रहेको छ ।
यसैगरी, सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी, प्यूठान, अर्घाखाँची, सुर्खेत, दैलेख, डोटी, बैतडी, दार्चुलालगायत जिल्लामा बहने साना नदी तथा खोलामा पनि जलसतह बढ्ने सम्भावना छ ।
त्यस्तै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, मोरङ, धनकुटा, धनुषा, महोत्तरी, रसुवा, धादिङ, स्याङ्जा, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा लगायत जिल्लामा बहने साना खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
विभागले सबैलाई बाढी तथा डुबानको सम्भावनालाई ध्यानमा राखी सतर्क रहन, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन, र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा