भिजन लुम्बिनी ऊर्जा नाफामा फर्कियो, ९ करोड ४ लाख खुद नाफा
जलसरोकार
काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड गत आर्थिक वर्षमा नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको कम्पनी गत आर्थिक वर्षमा नाफामा पुगेको हो।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १० करोड ५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।
विद्युत् बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएपछि कम्पनी नाफामा फर्किएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ५३.५८ प्रतिशतले बढेर ५८ करोड २३ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल नाफा ५७.१७ प्रतिशतले बढेको छ भने कुल आम्दानीमा १०६.८२ प्रतिशतको वृद्धि भएको छ। यद्यपि, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ४२.७५ प्रतिशतले बढेको छ।
कम्पनी नाफामा फर्किएसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षमा ५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा ४ रुपैयाँ ७३ पैसा धनात्मक पुगेको छ।
गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९०.४९ गुणा रहेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड १२ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना