माथिल्लो तामाकोसीको नोक्सानी घट्दै, ९ महिनामा साढे ६ अर्बको बिजुली बिक्री
जलसरोकार
काठमाडौं – माथिल्लो तामाकोसी जलविद्युत कम्पनीले आफ्नो घाटा कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब २ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीले नोक्सानी ३१.२३ प्रतिशत घटाएको छ । चालु आवको ९ महिनामा कम्पनीको नोक्सानी घटेर १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको बढोत्तरीले नै नोक्सानी घट्दै गएको हो । ९ महिनामा कम्पनीले ६ अर्ब ५३ करोड २ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा भने ५।७४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा पनि कम्पनीले कुल ६ अर्ब १७ करोड ६० लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको संचालन नाफा ७।६४ प्रतिशत बढेर ३ अर्ब २८ करोड ६४ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ४९.१८ प्रतिशत घटेर १ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, खर्च भने ८.१४ प्रतिशत घटेर ४ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि अझै ८ रुपैयाँ ७६ पैसा ऋणात्मक नै छ । यता, प्रतिसेयर नेटवर्थ पनि ६३ रुपैयाँ २५ पैसा मात्रै छ। हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई हाल पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ ।
सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरुको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी चैत्र मसान्तसम्ममा सरकारको चार तथा अन्य संस्थाहरुको नौं किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले हासकट्टि खर्च तथा ब्याज खर्च अत्यधिक वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ । तर, त्यस अनुरुप विद्युत बिक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले चालु आर्थिक वर्ष र अझै केही वर्षमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने