माथिल्लो तामाकोशीको नाफा ६३ करोड रुपैयाँ, घट्यो विद्युत् बिक्री
जलसरोकार
काठमाडौं,: माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको चालु वर्षको तीन महिनामा ६३ करोड १९लाख रुपैयाँ नाफा भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष असार मसान्तसम्म २ अर्ब ५६ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६ प्रतिशत घटेको हो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा २ अर्ब ९३ करोड छ । ४५६ मेगावाटको आयोजनामा गत असोजको बाढीले असर पारेपछि विद्युत् उत्पादनमा आएको अवरोधले आम्दानी घटेको हो ।
समग्र ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको छ । वित्तीय लागत गत आवको पहिलो त्रैमासमा १ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २० करोड रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ९८ पैसा छ ।
प्रतिसेयर नेटवर्थ जम्मा ६० रुपैयाँ ४२ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ५० पैसा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना