अप्पर सोलुको नाफा ८४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा
जलसरोकार
काठमाडौं : अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४१ प्रतिशतले बढेको हो।
कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ३२ लाख रुपैयाँ रहेको थियो।
विद्युत् बिक्री आम्दानी सामान्य बढ्नुका साथै वित्तीय खर्चमा आएको उल्लेख्य कमीका कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १.९७ प्रतिशतले बढेको छ। त्यस्तै, कुल नाफा २.२६ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च भने २९.५८ प्रतिशतले घटेको छ। वित्तीय खर्चमा आएको कमीले कम्पनीको खुद नाफा वृद्धिमा मुख्य योगदान गरेको देखिन्छ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा बढेर १५ रुपैयाँ ४६ पैसा पुगेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३१.६२ गुणा रहेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको अन्य इक्विटी २५ करोड ६७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
विद्युत् बिक्री आम्दानीमा सामान्य वृद्धि भए पनि वित्तीय खर्च घट्दा नाफामा उल्लेख्य सुधार देखिनुले कम्पनीको वित्तीय अवस्थामा सकारात्मक प्रभाव परेको देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना