माथिल्लो मैलुङ खोला जलविद्युत घाटाबाट नाफामा, खुद नाफा ११ करोड १२ लाख रुपैयाँ
जलसरोकार
काठमाडौं : माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनी घाटाबाट नाफामा फर्किएको जनाएको छ। अघिल्लो आर्थिक वर्ष नोक्सानी बेहोरेको कम्पनीले गत आर्थिक वर्ष उल्लेखनीय वित्तीय सुधार गर्दै ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
सार्वजनिक विवरणअनुसार अघिल्लो आर्थिक वर्ष कम्पनी ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो। तर, विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि र वित्तीय खर्चमा आएको कमीका कारण कम्पनी नाफामा फर्किन सफल भएको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २३.३४ प्रतिशतले बढेर ४३ करोड ११ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको कुल नाफा ३०.३४ प्रतिशत तथा सञ्चालन मुनाफा ५१.१३ प्रतिशतले वृद्धि भएको छ। यता, वित्तीय खर्च भने २१.४० प्रतिशतले घटेको कम्पनीले जनाएको छ।
कम्पनीको वित्तीय सुधारसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि धनात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ६८ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्म ११ रुपैयाँ १३ पैसा पुगेको छ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५७ पैसा कायम भएको छ। एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
विद्युत् बिक्रीमा भएको वृद्धि, सञ्चालन नाफामा सुधार र वित्तीय खर्चमा कमीका कारण कम्पनीको समग्र वित्तीय अवस्था मजबुत बन्दै गएको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना