माथिल्लो मैलुङ खोला र रुरु जलविद्युतको संस्थापक सेयरकाे लकइन अवधि सकियो


काठमाडौं – माथिल्लो मैलुङ खोला र रुरु जलविद्युत् आयोजनाको सेयर लकइन अवधि सकिएको छ । मैलुङ खोला जलविद्युत् आयोजनाको वैशाख २ गते र रुरु जलविद्युत् आयोजनाको वैशाख ३ गते लकइन अवधि सकिएको हो । यी दुई आयोजनाको प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक समूहले होल्ड गरेको सेयरमा लकइन अवधि सकिएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीहरुलाई लकइन अवधि सकिनुभन्दा १ महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम कम्पनीहरुले विभिन्न समूहको लकइन अवधि सकिने समयबारे जानकारी गराएका छन् ।
सर्वसाधारणलाई आईपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनामा म्युचुअल फण्डको लकइन अवधि सकिन्छ । त्यस्तै ३ वर्षमा प्रभावित स्थानीयबासी र संस्थापक समूहको सेयरमा लकइन अवधि सकिन्छ । लकइन अवधि सकिएपछि ती सेयर साधारणसरह कायम हुन्छन् । जसले आपूर्ति बढ्न गई मूल्य घट्ने जोखिम रहन्छ । आइतबारदेखि माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि सकिएको छ । लकइन अवधि समाप्त भएको भोलिपल्टबाट सेयर कारोबार गर्न बाटो खुलेको छ । सोमबारदेखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । रुरु जलविद्युतको संस्थापक ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयवासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरको लकइन अवधि सकिएको छ । आजबाट यी सेयर सर्वसाधारणले खरिद बिक्री गर्न सक्नेछन् ।
यस्तै वैशाख महिनामै चिरख्वा हाइड्रोपावर र सीईडीबी हाइड्रोपावरको म्युचुअल र संस्थापक सेयरको लकइन अवधि सकिदैछ । जस अनुसार चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुनेछ ।
सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक तथा कर्मचारीलाई छुट्याइएको सेयरमा वैशाख ३० गते लकइन अवधि सकिने भएको छ । संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो