अप्पर लोहोरे खोलाको विद्युत् बिक्री आम्दानी बढ्यो, नोक्सानी भने थपियो
जलसरोकार
काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा विद्युत् बिक्री आम्दानी उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी बढे पनि कम्पनीको खुद नोक्सानी भने थपिएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ करोड ९८ लाख रुपैयाँ विद्युत् बिक्री आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको विद्युत् बिक्री आम्दानी ९० लाख ४० हजार रुपैयाँ रहेको थियो।
विद्युत् बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भए पनि वित्तीय खर्च बढ्दा कम्पनीको नोक्सानी थपिएको हो। समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी २ करोड १५ लाख रुपैयाँबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको वित्तीय खर्चमा ठूलो वृद्धि भएको छ। कम्पनीको वित्तीय खर्च अघिल्लो आर्थिक वर्षको १ करोड १८ लाख रुपैयाँबाट बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ५० करोड ९८ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जगेडा कोष ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना