अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद निष्काशन गर्न स्वीकृति
जलसरोकार
काठमाडौं : अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेकोमा आयोगले ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिएको हो।
कम्पनीको १४औँ वार्षिक साधारणसभाबाट हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। १५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको आधारमा हकप्रद निष्काशनका लागि स्वीकृति माग गरिएको थियो।
आयोगले तोकेको सीमाअनुसार कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न पाउने भएको छ।
सिसुवाखोला आयोजनामा स्वपूँजी लगानी
कम्पनीका अनुसार हकप्रद शेयरबाट संकलन हुने रकममध्ये एक हिस्सा मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको सिसुवाखोला जलविद्युत् आयोजनामा स्वपूँजी लगानीका लागि प्रयोग गरिनेछ।
बाँकी रकम भने कम्पनीले निर्माण गरेको अपर हेवाखोला साना जलविद्युत् आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको आवधिक कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।
कम्पनीको अपर हेवाखोला साना जलविद्युत् आयोजना सङ्खुवासभामा अवस्थित ८.५ मेगावाट क्षमताको आयोजना हो।
बोर्डको अन्तिम स्वीकृतिपछि मात्रै निष्काशन
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ।
विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भए पनि हकप्रद शेयर सर्वसाधारण तथा विद्यमान शेयरधनीका लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति लिनुपर्नेछ। बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्काशन खुला गर्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना