माथिल्लो हेवाखोलाको साधारणसभा बस्दै, के–के छन् एजेण्डा ?
जलसरोकार
काठमाडौं – अपर हेवाखोला हाइड्रोपावरको साधारणसभा आज बस्दैछ । साधारणसभा, तारकेश्वर पार्टी प्यालेस गौशाला काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यसअघि चैत १६ मा बस्ने भनिएको सभा विशेष कारणवश स्थगित भएको थियो । स्थगित भएको सभा आज बस्न लागेको हो । साधारणसभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
साथै, साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागी हुन पाउनेछन्
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना