माथिल्लो हेवाखोलाको साधारणसभा बस्दै, के–के छन् एजेण्डा ?
जलसरोकार
काठमाडौं – अपर हेवाखोला हाइड्रोपावरको साधारणसभा आज बस्दैछ । साधारणसभा, तारकेश्वर पार्टी प्यालेस गौशाला काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यसअघि चैत १६ मा बस्ने भनिएको सभा विशेष कारणवश स्थगित भएको थियो । स्थगित भएको सभा आज बस्न लागेको हो । साधारणसभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
साथै, साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागी हुन पाउनेछन्
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा