चैतसम्म माथिल्लो तामाकोसी जलविद्युतले बेच्यो साढे ६ अर्ब बराबरको बिजुली
जलसरोकार
काठमाडौं – गत चैत मसान्तसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी अप्पर तामाकाेसी हाइड्राेपावर लिमिटेडले साढे ६ अर्ब रुपैयाँको बिजुली बिक्री गरेको छ । चैतसम्मको अवधिमा कम्पनीले आयोजनाले ६ अर्ब ५३ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो ।
यस्तै उक्त समयसम्म ९० वटा जलविद्युत कम्पनीले मसान्तसम्ममा कुल २५ अर्ब १९ करोड ९६ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् । उक्त समयमा नोक्सानीमा रहेका रहेका जलविद्युत् कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी भने १५.६५ प्रतिशत बढाएका हुन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ४० करोड ९२ लाख रुपैयाँ बढी हो ।
अघिल्लो वर्षको चैत मसान्तसम्ममा कुल २१ अर्ब ७९ करोड ३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए । विद्युत् आम्दानी सुधार भए पनि अधिकांश जलविद्युत् कम्पनी भने घाटामा छन् । हालसम्मको वित्तीय अवस्था हेर्दा ४५ कम्पनी घाटामा रहेका छन् भने ४४ कम्पनी सामान्य नाफामा देखिएका छन् । नाफामा गएकामध्ये १९ वटाले आफ्नो नाफा अघिल्लो वर्षको तुलनामा बढाएका छन् भने १७ वटा कम्पनीको नाफा घटेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् बिजुली बिक्रीबाट हुने आम्दानीमा वृद्धि गरेको छ । २५ अर्बमध्ये माथिल्लो तामाकोशीले मात्रै ६ अर्ब ५३ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । यो गत सोही अवधिको तुलनामा झन्डै ५.७ प्रतिशतले बढी हो । विद्युत बिक्री आम्दानीमा माथिल्लो तामाकोशी एक्लैको हिस्सा २५.९१ प्रतिशत हिस्सा छ ।
यसकारण माथिल्लो तामाकोसी निरन्तर घाटामा
सबैभन्दा धेरै बिजुली बिक्री गर्नेको दोस्रो नम्बरमा साहस ऊर्जा रहेको छ । साहस ऊर्जाले चैतसम्म २ अर्ब २ करोड ५२ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । यस्तै ग्रीन भेन्चरले पनि १ अर्ब १८ करोड ६८ लाख बराबरको बिजुली बिक्री गरेको तथ्यांकले देखाउँछ ।
विद्युत बिक्री आम्दानी बढाउनेको शीर्ष सूचीमा भने सुपर मादी हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन देखिएका छन् । यी दुबै कम्पनीले क्रमशः ७१.१६ गुणा र २८.८५ गुणा बढाएका छन् ।
९ महिनामा सुपर मादीले ९४ करोड ५५ लाख र राप्ती हाइड्रोले ५ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् । यता, बलेफी, मिड सोलु, अपि पावर, पिपुल्स पावर, मनकामना इमर्जिङ्ग, अपर स्याङ्गे पनि शत प्रतिशत बढाएका छन् ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन