चैतसम्म माथिल्लो तामाकोसी जलविद्युतले बेच्यो साढे ६ अर्ब बराबरको बिजुली


काठमाडौं – गत चैत मसान्तसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी अप्पर तामाकाेसी हाइड्राेपावर लिमिटेडले साढे ६ अर्ब रुपैयाँको बिजुली बिक्री गरेको छ । चैतसम्मको अवधिमा कम्पनीले आयोजनाले ६ अर्ब ५३ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको हो ।
यस्तै उक्त समयसम्म ९० वटा जलविद्युत कम्पनीले मसान्तसम्ममा कुल २५ अर्ब १९ करोड ९६ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् । उक्त समयमा नोक्सानीमा रहेका रहेका जलविद्युत् कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी भने १५.६५ प्रतिशत बढाएका हुन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ४० करोड ९२ लाख रुपैयाँ बढी हो ।
अघिल्लो वर्षको चैत मसान्तसम्ममा कुल २१ अर्ब ७९ करोड ३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए । विद्युत् आम्दानी सुधार भए पनि अधिकांश जलविद्युत् कम्पनी भने घाटामा छन् । हालसम्मको वित्तीय अवस्था हेर्दा ४५ कम्पनी घाटामा रहेका छन् भने ४४ कम्पनी सामान्य नाफामा देखिएका छन् । नाफामा गएकामध्ये १९ वटाले आफ्नो नाफा अघिल्लो वर्षको तुलनामा बढाएका छन् भने १७ वटा कम्पनीको नाफा घटेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् बिजुली बिक्रीबाट हुने आम्दानीमा वृद्धि गरेको छ । २५ अर्बमध्ये माथिल्लो तामाकोशीले मात्रै ६ अर्ब ५३ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । यो गत सोही अवधिको तुलनामा झन्डै ५.७ प्रतिशतले बढी हो । विद्युत बिक्री आम्दानीमा माथिल्लो तामाकोशी एक्लैको हिस्सा २५.९१ प्रतिशत हिस्सा छ ।
यसकारण माथिल्लो तामाकोसी निरन्तर घाटामा
सबैभन्दा धेरै बिजुली बिक्री गर्नेको दोस्रो नम्बरमा साहस ऊर्जा रहेको छ । साहस ऊर्जाले चैतसम्म २ अर्ब २ करोड ५२ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । यस्तै ग्रीन भेन्चरले पनि १ अर्ब १८ करोड ६८ लाख बराबरको बिजुली बिक्री गरेको तथ्यांकले देखाउँछ ।
विद्युत बिक्री आम्दानी बढाउनेको शीर्ष सूचीमा भने सुपर मादी हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन देखिएका छन् । यी दुबै कम्पनीले क्रमशः ७१.१६ गुणा र २८.८५ गुणा बढाएका छन् ।
९ महिनामा सुपर मादीले ९४ करोड ५५ लाख र राप्ती हाइड्रोले ५ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् । यता, बलेफी, मिड सोलु, अपि पावर, पिपुल्स पावर, मनकामना इमर्जिङ्ग, अपर स्याङ्गे पनि शत प्रतिशत बढाएका छन् ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्रीले आफूखुशी हदम्याद बढाएकाले प्रशासकीय पुनरावलोकन समिति आफैमा ‘अवैध’, यादवबाहेक कसैले पनि काम नगर्ने लिखित जनाउ
-
आगामी २४ घण्टामा देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना
-
काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जा मन्त्री खड्का
-
समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो