बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध
जलसरोकार
चितवन: पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने भाग वर्षाका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।
सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको उक्त खण्ड वर्षाको कारण पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला आसपासको क्षेत्रमा पानी परेपछि सडक हिलो र चिप्लो बनेको छ। जसका कारण सवारीसाधन पश्चिमतर्फ जान नसक्ने अवस्था भएको हो ।
सूचना अधिकारी नेपालले भने,, “बिहानैदेखि परेको पानीले बाटो अत्यधिक चिप्लो बनेको छ। मालवाहक सवारी उकालो चढ्न नसक्दा दाउन्ने खण्डमा जाम हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ ।”
हाल सडक खुलाउने प्रयास भइरहेको र मौसम सुधार भएपश्चात यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने