सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

जलसरोकार
बिहीबार, कात्तिक १३, २०८२ | ०९:३४:१० बजे

 

चितवन: पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने भाग वर्षाका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको उक्त खण्ड वर्षाको कारण पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला आसपासको क्षेत्रमा पानी परेपछि सडक हिलो र चिप्लो बनेको छ। जसका कारण सवारीसाधन पश्चिमतर्फ जान नसक्ने अवस्था भएको हो ।

सूचना अधिकारी नेपालले भने,, “बिहानैदेखि परेको पानीले बाटो अत्यधिक चिप्लो बनेको छ। मालवाहक सवारी उकालो चढ्न नसक्दा दाउन्ने खण्डमा जाम हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ ।”

हाल सडक खुलाउने प्रयास भइरहेको र मौसम सुधार भएपश्चात यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : बिहीबार, कात्तिक १३, २०८२ | ०९:३४:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया