प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने उद्देश्यले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा : अर्थमन्त्री वाग्ले
जलसरोकार
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुअघि सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्य व्यवस्थाबारे जवाफ दिँदै उनले आफूविरुद्ध लगाइएका आरोपहरू निराधार भएको दाबी गरे। “प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भन्ने आरोप आधारहीन हो,” उनले भने।
मन्त्री वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश केही बुँदा आर्थिक विधेयकमा छुटेकाले मात्र संशोधन गरिएको स्पष्ट पारे। उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने उद्देश्यले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गरिएको बताए।
“देखिएका त्रुटि सच्याएर विधेयक संसद्मा पुगेपछि कुनै परिवर्तन गरिएको छैन,” उनले भने, “प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो।”
उनले सुशासनका लागि सरकार दृढ रूपमा अघि बढिरहेको उल्लेख गर्दै गलत प्रचारको भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे।
बैठकमा समिति सदस्य लीमा अधिकारीले बजेटलाई ऐतिहासिक र रूपान्तरणकारी बताउँदै अर्थमन्त्रीको जवाफपछि धेरै विषय स्पष्ट भएको टिप्पणी गरिन्। त्यस्तै, समिति सदस्य नरेन्द्रकुमार केरूङले विगतका सरकारका कामलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति गलत भएको धारणा राखे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै