बक्यौता उठाउन निर्देशन दिइसकेको लेखा समितिको अस्वाभाविक चासो
डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद
जलसरोकार
काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०७७ चैत २२ गते नै डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली खपत गरेर पनि महसुल नतिर्ने ग्राहकहरुबाट एक महिनाभित्र बक्यौता उठाउन निर्देशन दिने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन नहुँदै उही लेखा समितिले सोही विषयमा पुनः निर्णय गराउन खोजेपछि आजको बैठकमा विवाद उत्पन्न भयो । समितिका सभापति ऋषिकेश पोखरेल (एमाले) ले पाँच दिनभित्र अध्ययन गरेर निर्णय गरिने बताएपछि माओवादीका सांसद अमनलाल मोदीले आपत्ति जनाएका थिए ।
लेखा समितिले यसअघि नै डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन निर्देशन दिने निर्णय गरिसकेपछि पुनः यही विषयमा निर्णय गराउनु अस्वाभाविक भएको र व्यापारीहरुसित मिलेमतो गरेको आरोप लगाएका थिए ।
समितिले शुक्रबारको बैठकमा व्यापारी, विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरणलाई बोलाएको थियो । सभापति पोखरेलले उद्योगीहरुलाई आफ्नो भनाइ राख्ने मौका दुई पटक दिएका थिए प्राधिकरणका कार्यकारी निर्देशकलाई एकपटक मात्र बोल्न दिएका थिए ।
लेखा समितिले २०७५ सालमा अध्ययन सुरु गरी २०७७ चैत २२ गते बक्यौता उठाउनुपर्ने निष्कर्षमा पुगेको थियो । लेखा समितिले त्यतिबेला बक्यौता बापतको १० अर्ब १४ करोड रुपैयाँ एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको थियो ।
समिति सभापति भरतकुमार शाह थिए । समितिले उपसमिति बनाएरै अध्ययन गराएको थियो । उपसमितिले दिएको प्रतिवेदनका आधारमा बक्यौता उठाउन सरकारलाई निर्देशन दिएको थियो । तत्कालीन सदस्य डा. मीनेन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।
त्यतिबेला समितिले ६० दिनभित्र बक्यौता नबुझाए लाइन काट्न पनि निर्देशन गरेको थियो ।
त्यतिबेलै समितिले बक्यौता उठाउने सन्दर्भमा प्राधिकरणलाई कुनै आर्थिक दायित्व बढ्ने वा क्ष्ँति हुने गरी कुनै निर्देशन नदिन सरकारलाई सचेत गराएको थियो ।
त्यतिबेला प्राधिकरणले बक्यौता उठाउन खोज्दा तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले रोक लगाएका थिए । माओवादीबाट ऊर्जा मन्त्री भएका रायमाझी तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि एमालेतिर लागेका थिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पैसा तिर्ने उद्योगीको लाइन काट्न सुरु गरेको प्राधिकरणलाई ओली प्रधानमन्त्रीमा नियुक्ति हुनेबित्तकै रोक लगाएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ