युनाइटेड मोदी हाइड्रोपावरको हकप्रद प्रस्ताव पारित
जलसरोकार
काठमाडौं–युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ वार्षिक साधारण सभा आज अर्थात् जेठ २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाडौंमा भव्य र सभ्य रूपले सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाबाट नवीन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना