आइपीओ ल्याउँदै युनाइटेड मेवाखोला हाइड्रो
जलसरोकार
काठमाडौं – युनाइटेड मेवाखोला हाइड्रोपावरले सर्वसाधारणमा आइपीओ निष्कासनका लागि तयारी अघि बढाएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आइपीओ निष्कासनको प्रत्याभूतिकर्तामा नागरिक लगानीकोषलाई नियुक्त गरेको छ । सर्वसाधारणमा आइपीओ निष्कासन गर्दा नविकेको खण्डमा नागरिक लगानीकोषले सम्पूर्ण शेयर सकार्ने सम्झौता गरेको हो ।
जेठ ३० गते एक कार्यक्रमका बीच कम्पनी र नागरिक लगानीकोषबीच शेयर प्रत्याभूतिका लागि सम्झौता भएको छ । नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र कम्पनीको तर्फबाट अध्यक्ष आषिश थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना