विद्युत्मा लगाइएको कर हटाउन उज्यालो नेपाल पार्टीको देशव्यापी हस्ताक्षर अभियान
जलसरोकार
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा सरकारले लगाएको कर हटाउन देशव्यापी हस्ताक्षर अभियान सुरु गरिएको बताएका छन् । उनले अभियान नेपालमा मात्रै नभई विदेशमा रहेका नेपालीमाझ समेत सञ्चालन भइरहेको जानकारी दिए ।
शुक्रबार जोरपाटीमा अभियानको औपचारिक सुरुवात गर्दै अध्यक्ष घिसिङले अभियान सुरु भएको पाँचौँ दिनदेखि जोरपाटी चोकबाट हस्ताक्षर सङ्कलन थालिएको बताए ।
“हामीले अभियान थालेको पाँचौँ दिनमा जोरपाटीको चोकबाट हस्ताक्षर अभियान सुरु गरेका छौँ। यो अभियान देशव्यापी रूपमा अगाडि बढेको छ। यो देशभित्र मात्रै होइन, विदेशमा पनि अगाडि बढेको छ। विदेशका हाम्रा प्रवासका साथीहरूले विभिन्न देशमा हस्ताक्षर अभियान सुरु गरेका छन्,” उनले भने ।
अभियानको मुख्य उद्देश्य सरकारले विद्युत्मा लगाएको कर हटाउन दबाब सिर्जना गर्नु रहेको घिसिङले बताए ।
विद्युत्मा कर लगाएपछि आफूहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएको उनकाे भनाइ छ। यस विषयमा विज्ञप्ति जारी गर्नुका साथै सामाजिक सञ्जालमार्फत समेत आवाज उठाउँदै आए पनि सरकारले सुनुवाइ नगरेको उनले बताए ।
“सरकारले विद्युत्मा कर लगाएपछि हामीले पटक–पटक बोलेका थियौँ। पटक–पटक हामीले विज्ञप्ति जारी गरेका थियौँ। सामाजिक सञ्जालमा बोलेका थियौँ, तर त्यसको सम्बोधन भएन,” घिसिङले भने ।
संसद्मा रहेका राजनीतिक दलहरूले समेत विद्युत्मा लगाइएको करको विषयमा गम्भीर रूपमा आवाज उठाउन नसकेको उहाँको आरोप छ। त्यसपछि सडकबाटै जनताको अभिमत बुझ्न हस्ताक्षर अभियान सुरु गरिएको उनले स्पष्ट पारे ।
हस्ताक्षर अभियानमार्फत विद्युत्मा लगाइएको भ्याट फिर्ता गराउन सरकारमाथि जनदबाब सिर्जना हुने घिसिङले विश्वास व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना