सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तुइन खोला पहिरो अपडेट : पुनः सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडकखण्ड

जलसरोकार
शुक्रबार, कात्तिक १४, २०८२ | १०:०९:२२ बजे

 

काठमाडौं: चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ । केही समयका लागि सडक अवरुद्ध भए पनि अहिले आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

माथिबाट खसेका ढुंगाहरूका कारण सडकमा सवारी रोकिँदा यात्रुहरू अलपत्र परेका थिए। ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिनको प्रयोग गरी सडक सफा गरिएको र दुबै तर्फको यातायात सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयले तुइन खोला क्षेत्रलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गर्दै यात्रु र चालकहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ। वर्षा जारी रहेकाले सडकमा ढुंगा र माटो झर्ने सम्भावना अझै कायम रहेको भन्दै आवागमन अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : शुक्रबार, कात्तिक १४, २०८२ | १०:०९:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया