तुइन खोला पहिरो अपडेट : पुनः सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडकखण्ड
जलसरोकार
काठमाडौं: चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ । केही समयका लागि सडक अवरुद्ध भए पनि अहिले आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
माथिबाट खसेका ढुंगाहरूका कारण सडकमा सवारी रोकिँदा यात्रुहरू अलपत्र परेका थिए। ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिनको प्रयोग गरी सडक सफा गरिएको र दुबै तर्फको यातायात सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालयले तुइन खोला क्षेत्रलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गर्दै यात्रु र चालकहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ। वर्षा जारी रहेकाले सडकमा ढुंगा र माटो झर्ने सम्भावना अझै कायम रहेको भन्दै आवागमन अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने