सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

निजामती सेवा दिवस अवसरमा उर्जा मन्त्रालयमा वृक्षरोपण र सरसफाई कार्यक्रम

जलसरोकार
शुक्रबार, भदौ २०, २०८२ | ११:४४:५६ बजे

काठमाडौं: निजामती सेवा दिवस-२०८२ को अवसरमा आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वृक्षरोपण र सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

मन्त्रालय परिसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री खड्काले निजामती कर्मचारीले सुशासन कायम गर्दै छिटो र छरितो सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले कर्मचारीले आफ्नो हक-अधिकारको रक्षा गर्दै गर्दा दायित्व र कर्तव्यलाई कहिल्यै नबिर्सनुपर्ने सुझाव पनि दिए ।

मन्त्री खड्काले मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाई अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी दिए । “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु मुख्य उपाय हो,” भन्दै उनले यस्ता सचेतनामूलक अभियानले जनस्वास्थ्यमा ठुलो योगदान पु-याउने विश्वास व्यक्त गरे । साथै, मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिए ।

यस अवसरमा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढंगले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम अघि सारिएको बताइन् । उनका अनुसार मन्त्रालयले गत वर्षदेखि हरेक शुक्रबार सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

कार्यक्रममा मन्त्री खड्का, सचिव दवाडी, जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलगायतले समेत वृक्षरोपण गरेका थिए ।

यसैबीच, निजामती सेवा दिवसलाई लक्षित गरेर आजैदेखि सिंहदरबारभित्र काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा विभागले पनि डेंगु नियन्त्रण अभियान सुरु गरेको छ । विभागको टोलीले सिंहदरबार परिसरमा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गर्दै पानी जम्न सक्ने सम्भावित क्षेत्रको खोजतलास र सफाई अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०८२ | ११:४४:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया