सेयर बजारमा १४.०८ अंक घटेसँगै कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २७१५ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडमा सीमित भयो ।
७१ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ९ को स्थिर रह्यो । हाइड्रोपावर र अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ र अन्य समूह ०.४३ प्रतिशत बढे ।
विकास बैंक सबैभन्दा धेरै २.६ प्रतिशत घट्यो । बैंकिङ ०.५७, फाइनान्स १.७०, होटल तथा पर्यटन १.७९, लगानी ०.५०, जीवन बीमा ०.२४, उत्पादन १.१३, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.५७ र व्यापार ०.५२ प्रतिशत घटे ।
जोशी हाइड्रोपावरको १० प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको ८.३०, मध्यभोटेकोशीको ८.२५, न्यादी हाइड्रोपावरको ८.१९, उपकार लघुवित्तको ८.१२, कालिका पावरको ८.०५, हिमालय ऊर्जा विकासको ६.३७, खानीखोला हाइड्रोपावरको ५.५३ प्रतिशत मूल्य बढ्यो ।
४ कम्पनीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट, सिन्धु र सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । तीबाहेक घट्ने कम्पनीको गिरावट दर ५ प्रतिशतभन्दा न्यून रह्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, हिमालय ऊर्जा विकास कम्पनी, हिमालयन रिइन्स्योरेन्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य