सेयर बजारसँगै बढ्यो कारोबार
जलसरोकार
काठमाडौं ः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ ।
अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ । दिउँसो कारोबारका क्रममा बजार २७३२ अंकसम्म पुगे पनि टिक्न सकेन ।
बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो ।
सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि समग्र बजारको वृद्धिदर धनात्मक भएको हो । धेरैजसो सेक्टर घटेका छन् । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे ।
व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशत घट्यो । विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत घटे ।
ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै सुपरमादीको ६.९५, राधि विद्युतको ४.९०, एनएलजी इन्स्योरेन्सको ४.६३ प्रतिशत बढ्यो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र राधि विद्युत् क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो