नेप्से ८.३० अंकले घट्दा कारोबार बढ्यो, सानिगाड, स्नो रिभर्स र कालंगा हाइड्रोमा सकारात्मक सर्किट
जलसरोकार
काठमाडाैं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। लगातार दुई कारोबार दिन बढेको बजार यस दिन ८.३० अंकले घट्दै २६५३.४० विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक, फ्लोट इण्डेक्स ०.६४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले घटेको छ।
परिसूचक ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३४५ वटा कम्पनीका ८५ लाख ८४ हजार कित्ता शेयर ४६ हजार २३४ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ।
कारोबारका क्रममा सानिगाड हाइड्रो, स्नो रिभर्स हाइड्रोपावर र कालंगा हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। यस्तै, नेपाल फाइनान्सको शेयर मूल्य करिब १५ प्रतिशत तथा खानी खोला हाइड्रोपावरको शेयर मूल्य ११.५ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीततर्फ अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक १३.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रह्यो। उक्त बण्डको ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १७ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको छ।
उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह घटेका छन्। वित्त उपसमूह सर्वाधिक १.०६ प्रतिशतले बढेको छ। विकास बैंक, जलविद्युत्, लघुवित्त र व्यापार उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। भने बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना