आठ महिनामा ११ खर्ब व्यापार घाटा, आयात–निर्यात दुवै बढ्यो
जलसरोकार
काठमाडौँ, : चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्ममा नेपालले करिब रु ११ खर्बको व्यापार घाटा बेहोरेको छ।
भन्सार विभाग का अनुसार गत फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कुल वैदेशिक व्यापार रु १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख पुगेको छ। यस अवधिमा आयात रु १२ खर्ब ८९ अर्ब २५ करोड र निर्यात रु १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रहेको छ।
आयात–निर्यात दुवै बढे पनि आयातको मात्रा अत्यधिक भएकाले व्यापार घाटा रु १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख पुगेको विभागले जनाएको छ। गत वर्षको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले वृद्धि भएको छ।
देशगत व्यापार स्थिति
भारतसँगको व्यापार घाटा सबैभन्दा ठूलो देखिएको छ। सो अवधिमा भारतसँग मात्र रु ५ खर्ब ६७ अर्ब ३९ करोड घाटा भएको छ। भारतबाट रु ७ खर्ब २४ अर्ब ६ करोड बराबरको आयात हुँदा निर्यात भने रु १ खर्ब ५६ अर्ब ६६ करोड मात्र रहेको छ।
त्यस्तै, चीनसँग रु २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र रु ९८ करोड ३३ लाखको निर्यात हुँदा रु २ खर्ब ६४ अर्ब ६८ करोडभन्दा बढी घाटा भएको छ। अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि उच्च व्यापार घाटा देखिएको छ।
तर रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्यालगायत मुलुकसँग भने नेपालले व्यापार नाफा आर्जन गरेको छ।
प्रमुख आयात र निर्यात वस्तु
पछिल्लो आठ महिनामा पेट्रोलियम पदार्थ प्रमुख आयात वस्तु बनेका छन्।
- डिजेल: रु ८२ अर्ब १० करोडभन्दा बढी
- पेट्रोल: रु ४३ अर्ब ८९ करोडभन्दा बढी
- एलपी ग्यास: रु ३७ अर्बभन्दा बढी
त्यसैगरी कच्चा भटमास तेल, स्मार्टफोन, फलामजन्य वस्तु, सुन र चाँदी पनि ठूलो मात्रामा आयात भएको छ।
निर्याततर्फ भटमास तेल पहिलो स्थानमा छ, जसको निर्यात रु ७५ अर्ब ७७ करोडभन्दा बढी रहेको छ। साथै अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल पनि प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्।
आयातको उच्च वृद्धिले निरन्तर व्यापार घाटा बढाउँदै लगेको छ भने निर्यात वृद्धिले केही सुधार देखिए पनि समग्र असन्तुलन कायमै रहेको अर्थविद्हरूको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
७ महिनायताकै उच्च विन्दुमा नेप्से, बजारमा उत्साह
-
आठ महिनामा ११ खर्ब व्यापार घाटा, आयात–निर्यात दुवै बढ्यो
-
मध्यपूर्व तनावको असर : भारतमा प्रिमियम इन्धनको मूल्य वृद्धि
-
सुनको भाउ तोलामा रु १२ हजार ५०० ले घट्दा चाँदीको मूल्य रु ३५५ ले ओरालो
-
आजदेखि सानिगाड हाइड्रोको आईपीओ खुला
-
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर