आज सुनको मुल्य २ लाख ६१ हजार रुपैयाँ
जलसरोकार
काठमाडौं : पछिल्ला केही दिनयता निरन्तर उकालो लागेको स्थानीय बजारको सुनचाँदीको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवै धातुको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ कायम गरिएको छ । यो मूल्य मङ्गलबारको तुलनामा प्रतितोला एक हजार १०० रुपैयाँले कम हो । मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला चार हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५९० रुपैयाँमा कारोबार भएकाले आज प्रतितोला १२० रुपैयाँले मूल्य घटेको हो ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको सामान्य करेक्सन, डलरको विनिमय दर तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा पनि मूल्य घटबढ भइरहेको छ । पछिल्ला दिनहरूमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दु नजिक पुगेपछि लगानीकर्ताले मुनाफा सुरक्षित गर्न थालेकाले मूल्यमा केही गिरावट आएको उनीहरूको भनाइ छ ।
सुनचाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार, भूराजनीतिक अवस्था, ब्याजदर तथा मुद्रा विनिमय दरसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले आगामी दिनमा पनि मूल्यमा उतारचढाव रहने महासङ्घले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना