माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
जलसरोकार
काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि भदौ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।
यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीले कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
माण्डु हाइड्रोपावरले भदौ १८ गते काठमाडौंको नयाँबजारस्थित नेपाल बैंक्वेटमा १४औँ तथा १५औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत पारित गर्ने कार्यसूची रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ७ अंक बढ्यो
-
वैदेशिक सहायता घट्दैछ, अब निजी पुँजी परिचालन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले
-
एचआईडीसीएलको नाफा घट्यो, तर लगानी क्षमता बलियो : २८ अर्ब ८३ करोडको सम्पत्तिले शेयर बजारलाई के संकेत गर्छ?
-
कोरला नाकाबाट एक महिनामै भित्रिए सय विद्युतीय सवारी
-
सुनको मूल्य एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो
-
साउनमा शेयर बजारको झण्डै आधा कारोबार जलविद्युत्मै, तीन समूहमा ६९ प्रतिशत केन्द्रित