याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडौँ : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक शेयर निष्काशन खुला गरेको थियो। तोकिएको समयसीमाअनुसार आजसम्म आवेदन नदिने लगानीकर्ताहरु यस अवसरबाट वञ्चित हुनेछन्।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सुरक्षित गरिएको हो।
प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरिएको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
आईपीओ निष्काशन अघि गरिएको क्रेडिट रेटिङ्गमा CARE Ratings Nepal ले कम्पनीलाई ‘CARE-NP Double B Minus’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ।
आयोजनाको वित्तीय विश्लेषणअनुसार साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष र डिस्काउन्ट अवधिमा १९.८७ वर्ष रहेको छ, जसले दीर्घकालीन लगानीकर्ताका लागि मध्यम प्रतिफलको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
त्यस्तै, Mero Share प्रणाली प्रयोग गरेर अनलाइनबाट पनि सहजै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो