कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडाैं : कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याइएको हो ।
कम्पनीले जारी पूँजी एक अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँको ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
जसमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा तीन लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकिएको छ । साथै, एक लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोष र एक लाख पाँच हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीले बाँकी रहेको २८ लाख ७० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
आईपीओका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने बताइएको छ ।
कम्पनीले सञ्चालन गरिरहेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत चार अर्ब ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष एक महिना बाँकी रहेको छ । कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ । आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?