हिमालयन पावरको ५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडाैं : हिमालयन पावर पार्टनर लिमिटेडले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ कित्ता बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर जारी गरेको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ । कुल निष्काशन रकम ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको रहेको छ ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । त्यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंक लिमिटेड का बेशीशहर, दोर्दी, भोटेओडार तथा उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत र सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रदबाट संकलित रकम सहवित्तीयकरण अन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ । उक्त ऋणमा प्राइम कमर्सियल बैंक लिमिटेड को अगुवाइमा नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड सहभागी रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?